समृद्ध कोशी प्रदेशका लागि विधिको शासनको सुनिश्चितता
प्रदेश सरकारलाई प्रभावकारी कानूनी सल्लाह र परामर्श प्रदान, प्रदेश कानूनको प्रभावकारी कार्यान्वयनमा अहम् भूमिका, न्यायीक प्रकृयामा निश्पक्षता र पारदर्शीता अभिवृद्धी गर्दै व्यावसायिक संस्थाको रुपमा स्थापित गर्ने
नेपालको संविधान जारी भए पश्चात् संविधानले परिकल्पना गरेको संघीयता बमोजिम ३ तहको सरकार रहने संवैधानिक व्यवस्थाका आधारमा कोशी प्रदेश सरकारको कानुनी सल्लाहकारको जिम्मेवारी रहने गरी नेपालको संविधानको धारा १६० बमोजिम स्थापना भएको मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशले विधिको शासन, कानूनको कार्यान्वयनमा प्रभावकारीता, कानून कार्यान्वयनका क्रममा देखा परेका जटिलता संबोधन गर्नका लागि प्रदेश सरकार सम्बन्धित निकाय समक्ष आवश्यक राय सल्लाह उपलब्ध गराई सहजिकरणको भूमिका निर्वाह गर्ने, प्रदेश सरकार विरुद्धमा पर्ने मुद्धामा प्रभावकारी प्रतिरक्षा, नागरिक तहमा प्रदेश कानून एवं संघिय कानूनहरुको सम्बन्धमा आवश्यक्ता अनुरुप सु-सुचित गराउँदै न्यायमा पहुँचको अवस्थालाई थप सुदृढ गराउने।